‘रुखान’मा अनुबन्धित भइन् नीति शाह

रंग नेपाल २०८० फागुन ९ मा प्रकाशित

काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन् ।

चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच कागजी सम्झौता भएको हो । फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन् ।

फिलम नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा छ ।

फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ । यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । निर्देशक सविरले फिल्मले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट