समुन्द्रको ‘बेनामे फिल्म’मा एलिजा र निश्चल अनुबन्धित

रंग नेपाल २०८० फागुन १३ मा प्रकाशित

काठमाडौं । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्का अनुबन्धित भएका छन् ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘अनटाइटल फिल्म (बेनामे फिल्म)’मा एलिजा र निश्चललाई शनिबार समुन्द्रले अनुबन्धित गरेकी हुन् । फिल्मको नाम भने टुंगो लागिसकेको छैन् ।

समुन्द्रका अनुसार प्रेमकथा, क्राइम र थ्रिलर जनराको फिल्म आगामी वैशाखमा छायांकन हुनेछ । फिल्ममा समुन्द्रकै कथा हुनेछ । फिल्म ‘अनुराग’बाट डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।

निश्चलले ’लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुन्द्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट