रहेनन् भजन शिरोमणि आचार्य

रंग नेपाल २०८० फागुन १४ मा प्रकाशित

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ ।

उनको ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको हो ।

उनका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन् ।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि उनले स्वर गुमाएका थिए । त्यसयता उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक थिए ।

आचार्यले झन्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट