माझी राष्ट्रिय गीतको लोकार्पण

रंग नेपाल २०८० फागुन १९ मा प्रकाशित

काठमाडौं । माझी समुदायको महान प्रकृतिक चाड लदी पर्व तथा घाट पूजाको अवसर पारेर माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।

माझी चलचित्र कर्मी संघद्वारा शनिबार चलचित्र विकास बोर्डमा आयोजित साँस्कृतिक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री शुसीला सिर्पाली ठकुरीको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।

यो गीतलाई माझी समुदायको राष्ट्रिय गीतसमेत भनिएको छ । माझी समुदायका लेखक तथा चलचित्र निर्देशक, माझी गीत संगीत, भाषा र इतिहासका ज्ञाता मानिने सोम कुस्कुमाझीले गीत लेखेका हुन् । जसलाई माझी किंगले परिचित दर्जनौं माझी तथा नेपाली गीतमा स्वर र संगित दिएका गायक यमन माझीले संगीत भरेका छन् ।

गीतमा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष विवशकुमार माझी, बाबुराम माझी, विसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेश माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन् । गीतको लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन् भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट