होली विशेष : कुन राशिलाई कुन रंग शुभ ?

रंग नेपाल २०८० चैत ११ मा प्रकाशित

काठमाडौं । आज होली पर्व । होलीको लागि पूजा सामग्री र पूजा विधि । नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ ।

होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ ।  होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ । यसका लागि बिहान उठेर नुहाउने रस्नान गर्ने आदि गर्नुपर्छ । त्यसपछि आफ्नो प्रिय देवता र भगवान विष्णुको उचित विधिपूर्वक पूजा गर्नुहोस् । उनीहरूलाई अबीर, अगरबत्ती तथा अन्य फलफूलहरू चढाउनुहोस् । त्यसपछि आरती गर्नुहोस् र होलीका दहनको कथा पढ्नुहोस् ।

त्यसपछि घरका सदस्यहरूलाई पहिले रंग लगाउनु होस् । बुढापाकाको आशीर्वाद लिनुहोस् र सबैसँग होली खेल्नुहोस् ।

कुन राशिलाई कुन रंग शुभ ?

मेषः  मेष राशिको स्वामी मंगल ग्रह हो । मेष राशिका मानिसहरुको शुभ रंग रातो हुन्छ । हाल मेष राशिमा गुरू बृहस्पति छन् भने बृहस्पतिको घरमा सूर्य बुध राहु छन् । यस अवस्थामा रातो, पहेलो, वैजनी रंग राम्रो हुनेछ । रातो रंग प्रेम र ऊर्जा को प्रतीक हो । मेष राशिका व्यक्तिहरुका लागि यो रंग शुभ रहनेछ । यस्तो अवस्थामा यो रंगको साथ होली खेल्नु तपाईंको लागि राम्रो हुनेछ ।

वृषः  यस राशिको स्वामी शुक्र हो, त्यसैले यो राशिको लागि शुभ रंग सेतो हुनेछ । शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस राशिलाई कालो र हल्का नीलोको साथमा आज रातो रंग पनि लागि राम्रो साबित हुनेछ । सेतो रंगले यस राशिका व्यक्तिहरूलाई सुख शान्ति प्रदान गर्नेछ ।

मिथुनः यस राशिको स्वामी बुध ग्रह हो, त्यसैले यस राशिका व्यक्तिहरुका लागि हरियो रंग धेरै भाग्यशाली साबित हुनेछ । यस राशिका स्वामी बुध हाल बृहस्पतिको घरमा सूर्य र राहुको साथमा छन् । हरियोको साथमा पहेलो र रातो पनि यस राशिलाई शुभ छ । हरियो रंगले तपाईमा सकारात्मक प्रभाव पार्छ । मिथुन राशिका लागि यो रंग शुभ मानिन्छ ।

कर्कटः कर्कट राशिको स्वामी चन्द्रमा हो । चन्द्रमाले मन र भावनालाई नियन्त्रण गर्ने काम गर्छ, त्यसैले यस राशिको शुभ रंग सेतो हो । हाल चन्द्रमा केतुको साथमा बुधको घरमा छन् । सेतो तथा हरियो रंगको साथ होली खेल्नु तपाईंको लागि धेरै लाभदायक हुनेछ ।

सिंहः यस राशिको स्वामी सूर्य हो । यो ग्रहलाई सफलताको प्रतीक मानिन्छ । यस राशिका मानिसका लागि शुभ रंग गाढा रातो, सुन्तला, पहेलो र सुनौलो हुन् । हाल सूर्य बुध र राहुको साथमा वृहस्पतिको घरमा छन् । यस्तो अवस्थामा होलीको दिन रातो, सुन्तला, पहेलो र सुनौलो तथा हरियो रंगहरू प्रयोग गर्नुहोस्, यसले तपाईंलाई मानसिक आनन्द प्रदान गर्नेछ ।

कन्याः कन्या राशिको शुभ रंग गाढा हरियो हो । यस राशिमा चन्द्र र केतु छन् । यसका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् ।  सेतो पनि यस राशिलाई शुभ छ । हरियो रंगलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसका साथै निलो रंग पनि यस्ता व्यक्तिका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा हरियो र निलो दुवै रंगमा होली खेल्न सकिन्छ ।

तुलाः यस राशिको स्वामी शुक्र हो, त्यसैले यस राशिका लागि शुभ रंग सेतो र हल्का पहेलो हुन्छ । शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस्तो अवस्थामा तुला राशिका व्यक्तिले पहेलो, तथा निलो रंगले होली खेल्नु राम्रो हुन्छ ।

वृश्चिकः यस राशिको स्वामी मंगल ग्रह हो, त्यसैले यस राशिका मानिसका लागि रातो र मरुन रंग निकै शुभ मानिन्छ । यो शुभ रंगको प्रयोग वृश्चिक राशिका लागि निकै लाभदायक साबित हुन्छ । यस रंगको प्रयोगले हरेक कठिन परिस्थितिबाट बाहिर आउन मद्दत गर्दछ।

धनुः यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रंग पहेलो हो।  हाल बृहस्पतिको अर्को घर मिन राशिमा सूर्य, बुध र राहु छन् । यो राशिका व्यक्तिहरूले होली खेल्दा पहेलो रंगको बढी प्रयोग गर्नुपर्छ । यसबाट धनु राशिका व्यक्तिहरूलाई फाइदा हुनेछ र उनीहरूले आफ्नो मनमा सुख र शान्तिको अनुभूति गर्नेछन् ।

मकर राशिः यस राशिको स्वामी शनि हो । शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रंग कालो वा गाढा नीलो हो । मकर राशिका मानिसका लागि मरुन रंग पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा यसको प्रयोगले तपाई हरेक नकारात्मक उर्जाबाट टाढा रहन सक्नुहुन्छ ।

कुम्भ राशिः यस राशिको स्वामी शनि हो, त्यसैले यस राशिको शुभ रंग कालो वा गाढा नीलो पनि मानिन्छ । कुम्भ राशिका व्यक्तिहरुका लागि यी रंगहरुको प्रयोग गर्नु लाभदायक हुनेछ । यस राशिका स्वामी शनी हाल शुक्र र मंगल साथमा आफ्नै घर कुम्भ राशिमा छन् ।

मीनः यस राशिको स्वामी बृहस्पति हो । बृहस्पतिको शुभ रंग पहेलो हुने भएकाले मीन राशिका मानिसहरुका लागि पहेलो रंग निकै लाभदायक हुन्छ । यो रंगले तपाईको जीवनमा शुभ ल्याउँछ र तपाईंलाई हरेक प्रकारको समस्याबाट टाढा राख्छ।  हाल बृहस्पतिको अर्को घर मिन राशिमा सुर्य, बुध र राहु छन् ।

रंगीन पर्व होलिलाई रमाइलो साथ मनाउनुहोला । सबैलाई शुभकामना ।

धेरै पढिएका

पछिल्ला अपडेट