‘शैतान २’ को तयारीमा अजय

रंग नेपाल २०८० चैत १५ मा प्रकाशित

मुम्बई । निर्देशक विकास बहलको फिल्म ‘शैतान’ले थिएटरदेखि लिएर बक्सअफिससम्म आफ्नो छाप छोडिसकेको छ । सुपरनेचुरल हरर थ्रिलरको अभिनेता अजय देवगन र आर माधवन अभिनित फिल्मले दर्शकको मन जितिसकेको छ । अब दर्शकले यो फिल्मको सिक्वेलको माग गरेका छन् ।

६५ करोडमा बनेको यो फिल्म हालसम्म विश्वव्यापी रुपमा दुई सय करोड व्यापारको नजिक पुग्न लागेको छ । निर्माताले यो फिल्मको सिक्वेलको योजना बनाइरहेका छन् । निर्माताहरु सिक्वेलमा कथालाई नयाँ रुप दिन लागिपरेका छन् । निर्देशक विकासले ‘शैतान २’का लागि कथाको सार फेला पारिसकेका छन् ।

‘शैतान २’मा कुनै परिवारमाथि कालो जादूको नियन्त्रणमा आधारित कथा हुने छैन । यसमा महाराष्ट्रको कोकम इलाकाका कथा देखाइनेछ । यो स्थान ‘काला जादू’ गतिविधिका लागि प्रख्यात स्थान हो । जहाँ ‘शैतान २’को सुटिङ हुनेछ ।

फिल्ममा अजय देवगन, आर माधवन र ज्योतिका नै रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म ‘शैतान’ गुजराती फिल्म ‘वश’को आधिकारिक हिन्दी रिमेक हो ।

धेरै पढिएका

पछिल्ला अपडेट