अभिनेता प्रदीप खड्का किन पुगे अमेरिका ?

रंग नेपाल २०८० चैत २१ मा प्रकाशित

काठमाडौं । अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन् । यता चलचित्र ‘पुजार सार्की’को छायांकन सकेर उनी अमेरिका पुगेका हुन् ।

प्रदीपसँग अहिले चलचित्रको कमि भने छैन् । उनको आगामी चलचित्र ‘ऐरी’ र ‘पिताम्बर’ हो र यी चलचित्र केही महिना भित्रै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन् ।

यतिबेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनी अमेरिका किन पुगे त ? यो सबैको चासोको विषय पनि बनेको छ । प्रदीप अमेरिका चलचित्र कै लागि हो कि व्यक्तिगत कारण यो भने उनले खुलाएका छैनन् ।

प्रदीपलाई अमेरिकामा भव्य स्वागत गरिएको छ । प्रदीपलाई अमेरिकामा बस्दै आएका निर्माता एवम् प्रोडक्सन डिजाइनर कृष्ण कोइराला र अमेरिका बस्दै आएका नेपाली चलचित्रलाई माया गर्ने सफल व्यवसायी ‘स्पाईसि लाईफ’का सञ्चालक प्रकाश श्रेष्ठ एवम् छायांकार पवन गौतम तथा नेपाली कार्यक्रमहरु र अमेरिकामा इभेन्टहरु आयोजना गर्ने कलाप्रेमीहरु दिनेश वन र शुशान तिवारीले अमेरिकाको मेरिल्याण्ड राज्यको रियो शहरमा भव्य स्वागत गरेका थिए ।

नेपाली कला र चलचित्रलाई माया गर्दै अमेरिकाको विभिन्न राज्यहरुमा नेपाली कार्यक्रम आयोजना गर्ने आयोजकहरु दिनेश वन र सुशान तिवारी, एवम् निर्माण प्रोडक्सन डिजाइनर कोइराला, छायांकार पवन गौतमले प्रदीपलाई अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, वाशिंगटन डिसी लगायतका स्थानहरुमा घुमाई नेपाली चलचित्रको बजार र चलचित्र नगरीको बारेमा भलाकुसारी गरेको बताइएको छ ।

प्रदीप अमेरिकामा एक्लै गएका हैनन् । उनीसँग चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापा पनि सँगै छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट