यस्तो छ ‘द रेड सुटकेस’को ट्रेलर

रंग नेपाल २०८० चैत २१ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अवसर पारेर यहि ३० चैतबाट रिलिज हुने तयारीमा छ ।

रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरलाई निर्माण संस्था आईसफल प्रोडक्सनको ‘आईसफल प्लस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्यास्टिक रियालिटी जनरामा निर्माण गरिएको यो चलचित्रको २ मिनट १० सेकेन्डका ट्रेलर एउटा रातो सुटकेसको वरिपरी घुमेको छ । ट्रेलर अनुसार एयरपोर्टबाट एउटा रातो सुटकेस लिएर अभिनेता सौगात मल्ल सिन्धुलीको गाउँतर्फ लाग्छन् । गाडी लिएर सौगात गाउँ जाँदा यात्रामा भेटिएका पात्र विपिन कार्की, सृष्टी श्रेष्ठको वार्ता र यात्रामा आइपर्ने घटनालाई ट्रेलरमा समेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिबाट सुटकेस हराएको होकी गाडीमा लगिएको हो भन्ने रहस्य ट्रेलरमा रहेको छ । यात्रामा अभिनेता प्रविण खतिवडाले रातो सुटकेस लिएर सडक, जंगल तथा खोलामा हिँडेको दृष्य आफैंमा अर्को रहस्य छ । यस्ता विविध रहस्य समेटेर यो चलचित्रको ट्रेलर ल्याइएको छ । टिजरको रिलिजबाटै चर्चामा रहेको यो चलचित्रको निर्माण टिमले ट्रेलर पनि चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट