बाबु बोगटीको ‘फेरि त्यो दिन’ गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)

रंग नेपाल २०८० चैत २८ मा प्रकाशित

काठमाडौं । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडिओ सार्वजनिक भएको छ ।

भिडिओ बाबु बोगटी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको शब्दरसंगीत जेम्स प्रधानको रहेको छ । भिडिओको निर्देशन प्रहील कार्कीले गरेका हुन् भने एरेन्जर सञ्जीव बराइलीले गरेका हुन् ।

यस्तै, साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडिओमा एलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडाको अभिनय रहेको छ ।

भिडिओको छायांकन उत्तम हुँमागाईले गरेका हुन् भने दिपु पौडेलको मेकअप र माधव बेलबासेको कलर र सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट