‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित

रंग नेपाल २०८० चैत २९ मा प्रकाशित

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबीच फिल्मका लागि कागजी सम्झौता भएको छ ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन् ।

फिल्ममा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ ।

फिल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु हुँदैछ । फिल्म आउँदो वर्षको तिहारमा रिलिज हुनेछ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

हिमेशले यसअघि ‘वर एण्ड वधु’ र ‘शमशेर’मा साइन गरिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट