सलमान खानको घर बाहिर गोली चलाउनेको तस्वीर सार्वजनिक

रंग नेपाल २०८१ वैशाख ३ मा प्रकाशित

मुम्बई । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको थियो ।

दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ ।

एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर आएको छ । जसमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ । गोली चलाउनेहरुको तस्वीर पनि प्रहरीले सार्वजनिक गरेको छ ।

मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन् । प्रहरीले आरोपीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।

दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ ​​फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ ।

घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ, जसमा सलमानमाथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ ।

यद्यपी यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन् । थप जानकारी प्रहरीले अझै दिएको छैन् । यति मात्रै भनेको छ कि यो घटनाको अनुसन्धान भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट