डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी

रंग नेपाल २०८१ वैशाख ५ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन् ।

हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ । यो भिडियो सार्वजनिक भएपछि अधिकांशले आमिरले उक्त पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ । आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ती जारी गरेका छन् । उनले विज्ञप्तीमा कुनै पनि राजनीतिक दल प्रति आफ्नो लेनादेना नरहेको उल्लेख गरेका छन् ।

मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै उक्त विशेष क्लिप ‘झुठो’ रहेको बताएका छन् । उनले अभिनेता आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन् । ‘हामी स्पष्ट पार्न चाहन्छौं कि आमिर खानले आफ्नो ३५ वर्षे करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन् । उनले पछिल्ला कैयौं चुनावमा चुनाव आयोगको जन जागरुकता अभियानको माध्यमबाट जागरुकता बढाउने प्रयास गरेका छन् । हामी हालै भाइरल भिडियोबाट चिन्तित छौं । भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ । हामी यो स्पष्ट पार्न चाहन्छौं कि त्यो फर्जी भिडियो हो र पूर्ण रुपमा झुठो हो ।’ विज्ञप्तीमा उल्लेख छ ।

कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमीन पर’मा देखिँदैछन् । यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो ।

धेरै पढिएका

पछिल्ला अपडेट