‘रावायण’को छायांकन सुरु

रंग नेपाल २०८१ वैशाख ११ मा प्रकाशित

काठमाडौं । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभमुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो ।

फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठलगायत सहभागी भएका थिए ।

मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ ।

एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्मको धेरैजसो छायांकन सोही स्थान वरपर हुने बताइएको छ ।

फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ ।

फिल्ममा पल एक्सन भूमिकामा रहेका छन् । फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् ।

सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट