सिडी विजय अघिकारीको ‘जीवनको रेल’ सार्वजनिक

रंग नेपाल २०८१ वैशाख १५ मा प्रकाशित

काठमाडौं । गायक सिडी विजय अधिकारीको मर्मस्पर्शी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आफूलाई भन्दा बढी माया गरेकी पत्नीले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ । त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीको । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन्।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन् ।

प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन विष्टले गज्जबको अभिनय गरेका छन् ।

सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन् ।

भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट