बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

रंग नेपाल २०८१ वैशाख १७ मा प्रकाशित

बझाङ । बझाङ प्रदेश सभा (१) उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मतमात्र प्राप्त गरे।

यहाँ नेकपा (माओवादी केन्द्र)का जनक बुढाले ३ हजार ८३१ मत ल्याए भने नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट