निश्चल बस्नेत भन्छन् : ‘फर्की फर्की’मा अनमोलको अभिनय अहिलेसम्मकै उत्कृष्ट

रंग नेपाल २०८१ जेठ ८ मा प्रकाशित

काठमाडौं । निर्देशक निश्चल बस्नेतले रिलिजको संघारमा रहेको फिल्म ‘फर्की फर्की’प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनले आफूले फिल्म हेरेको भन्दै फिल्मका नायक अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र छायांकार नरेन्द्र मैनालीको तारिफ गरेका छन् ।

‘फर्की फर्की’ हेरियो । मज्जा आयो फिल्म हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ।’ सोमबार साँझ निश्चलले फेसबुकमा लेखेका छन् ।

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म बिहीबारबाट प्रदर्शनमा आउँदैछ ।

फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ । फिल्मलाई क्युएफएक्स चेनले ६१ शो, आईएनआईमा १५ र वान सिनेमाले ९ शो दिएको छ ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल र जसितासँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट