टिकटकले मनायो उज्यालोको पर्व तिहार

रंग नेपाल २०८१ कार्तिक १२ मा प्रकाशित

काठमाडौं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रियटर र कलाकारहरूलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो ।

कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याललगायत धेरै लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति रहेको थियो ।

क्रियटरहरूले ह्यासट्याकतिहार२०२४ र ह्यासट्याकतिहारआयो ह्यासट्याकहरू प्रयोग गरी तिहार मनाएका थिए ।

टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लागि विभिन्न आकर्षक गतिविधिहरू प्रदान गरेको थियो ।

क्रियटरहरूले परम्परागत पहिरनमा सजिएर तिहारसँग सम्बन्धित रमाइला कन्टेन्टहरू प्रदर्शन गरेका थिए । उत्सवमा दियो बाल्ने, परम्परागत देउसीभैलो नृत्य, वातावरणमैत्री रंगोली डिजाइन, स्ट्यान्डअप कमेडी र पोटरी जस्ता गतिविधिहरू समावेश थिए । नेपाली ब्यान्डको लाइभ प्रस्तुतिले उत्सवमा थप रौनक थपेको थियो ।

टिकटक आफ्ना प्रयोगकर्ताहरूबीच समुदाय र अपनत्वको भावना सिर्जना गर्ने लक्ष्य राख्दछ । तिहार अभियानले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई विभिन्न संस्कृति र परम्पराहरूसँग जोड्ने र सँगै उत्सव मनाउने प्लेटफर्म प्रदान गरेको छ । यस कार्यक्रमको आयोजना गरेर टिकटकले खोज, सिर्जनात्मकता र अपनत्वको भावनालाई प्रेरित गर्ने अग्रणी ग्लोबल प्लेटफर्मको रूपमा आफ्नो स्थानलाई बलियो बनाउने लक्ष्य राखेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट