दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

रंग नेपाल २०८२ वैशाख २६ मा प्रकाशित

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकैदिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् ।

फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो ।

सुजन चापागाईं र झुमा लिम्बूको संगीत र नवीन चौहानको लेखन रहेको चलचित्रले सांस्कृतिक विविधता र सामाजिक अन्तर्विरोधलाई देखाएको छ । ‘ऊनको स्वीटर’मा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

यस्तै, ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

धेरै पढिएका

पछिल्ला अपडेट