मोहन नेपालीको स्वरमा ‘पार्‍यो हल्ली चल्ली’ सार्वजनिक

रंग नेपाल २०८२ वैशाख २८ मा प्रकाशित

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रलाई झनै रंगीन बनाउने उद्देश्यले गायक मोहन नेपालीको आवाजमा रहेको नयाँ गीत ‘पार्‍यो हल्ली चल्ली’ शनिबार सार्वजनिक गरिएको छ ।

भिडियोमा निशाना राई, गंगाराम श्रेष्ठ, आभास नेपाली र रोबन मगरको आकर्षक अभिनय देख्न पाइनेछ । भिडियोलाई विशाल बरालले निर्देशन गरेका हुन् भने दुर्गा श्रेष्ठको छायांकनले दृश्यलाई थप जीवन्त बनाएको छ ।

गीतमा नृत्य संयोजन दिलिप राईले गरेका छन् । भिडियोको सम्पादन र मेकअप अनिशा नानुद्वारा गरिएको छ । भिडियोको रंग संयोजन भने अनिल विष्ट प्युठानीले गरेका छन्, जसले गीतलाई आकर्षक र आधुनिक बनाएको छ ।

गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो र अनिल विष्ट प्युठानी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतका प्रोड्युसर गंगाराम श्रेष्ठ र निशाना राई हुन् । उनीहरुले नेपाली सांगीतिक क्षेत्रमा नवप्रतिभा र नयाँ सिर्जनालाई प्रोत्साहन दिएका छन् ।

गीतको संगीत, निर्देशन, अभिनय, र सम्पादनको समिश्रणले गर्दा ‘पार्‍यो हल्ली चल्ली’ गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट