चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा

रंग नेपाल २०८२ वैशाख २८ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रको टाइटल सार्वजनिक गर्दै निर्माण टिमले करिब पाँच करोड अनुमानित लागतमा चलचित्र बनाउन लागेको जनाएको छ ।

चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दै छन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए ।

उनले भने, ‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरा लागि डेब्यु निर्देशनजस्तै हुनेछ । यसका पछाडि केही कारण छन्, त्यो म पछि खुलाउनेछु ।’

रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई पिबी थापाले एकल रूपमा लगानी गर्दै छन् । फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । अन्य कलाकार र प्राविधिक टोलीको चयन भने लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको अधिकांश छायांकन काठमाडौंमा हुनेछ भने अन्य केही दृश्य मुस्ताङ, पोखरालगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट