प्रताप दास र लक्ष्मीको स्वरमा नौली हदेली

रंग नेपाल २०८२ जेठ १२ मा प्रकाशित

काठमाडौं । सुदुरपश्चिकी देउडा गायिका लक्ष्मी आचार्यले गायक प्रताप दाससँगै नयाँ देउडा गीत ‘नौली हदेली’को भिडियो सार्वजनिक गरेकी छिन् । उनको यो गीत देउडा फ्युजनमा रहेको छ ।

यो गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो । गीतमा संगीत संयोजन देवेश राइले गरेका हुन् । नौली हदेली गीतमा माया प्रेममा रहेका साली भेनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्कोसँग सम्बन्ध बनाउने भिनाजुलाई केही वर्षपछि भेट हुँदा सालीले गर्ने प्रश्न र भिनाजुले दिने जवाफमा गीत बनाएको लक्ष्मीले बताइन् ।

यो गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट यो भिडियो सार्वजनिक गरेकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट