कामीरिता शेर्पा पुगे ३१औं पटक सगरमाथाको चुचुरोमा

रंग नेपाल २०८२ जेठ १४ मा प्रकाशित

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । योसँगै शेर्पाले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

मंगलबार बिहान ४ बजेतिर शेर्पाले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन् ।

शेर्पा २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।

शेर्पा भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको बताइएको छ ।

अघिल्लो वर्ष शेर्पा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट