प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

रंग नेपाल २०८२ जेठ १७ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार विजय चालिसेको निधन भएको छ ।

गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९ः३० बजे ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

उनको अहिले गोकर्णेश्वर घाटमा दाहसंस्कार हुने पाण्डेले बताए । चालिसेको अन्तिम संस्कारको लागि उपस्थिति हुन प्रेस चौतारी नेपालले पत्रकारहरूलाई अनुरोध गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट