‘सेकेण्ड मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल’ को ग्राण्ड फिनाले सम्पन्न

रंग नेपाल २०८२ जेठ २७ मा प्रकाशित

काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा ‘सेकेण्ड मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल’ को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्वसभामुख ओनसरी घर्ती मगरले उपस्थित भएकी थिइन् ।

यस्तै, प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा कलाकार किरण केसी रहेका थिए । प्रतियोगितामा मिस्टर जुनियर उपाधी प्रभाव राईले जित्दा, मिस जुनियरको उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ ।

स्पर्धामा सहभागी प्रतियोगीहरूले विभिन्न कला, प्रस्तुति र व्यक्तित्वका आधारमा मुल्याङ्कन गरिएको थियो । आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले कार्यक्रमको सफल आयोजना गर्दै नयाँ प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाएको छ ।

यस प्रतियोगिताले नयाँ पुस्ताका बालबालिका तथा युवतीहरूमा आत्मविश्वास, प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट