काठमाडौं । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् ।
काठमाडौंको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष तिम्लसेनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताएका छन् ।
उनले भने, ‘हामी संस्थाका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउनेछौँ र रोकिएको ‘फिक्सन अवार्ड’ लाई निरन्तरता दिनेछौँ ।’
नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसियट संस्था ‘फिक्सन’को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भए ।