‘सौम्या कलेक्सन’को शुभारम्भ

रंग नेपाल २०८२ जेठ २९ मा प्रकाशित

काठमाडौं । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गरेकी छन् ।

डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गरेकी हुन् । सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।

सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट