करिश्मा कपूरका पूर्वपति सञ्जय कपूरको निधन

रंग नेपाल २०८२ जेठ ३१ मा प्रकाशित

काठमाडौं । भारतीय अभिनेत्री करिश्मा कपूरका पूर्वपति सञ्जय कपूरको निधन भएको छ । ५३ वर्षीय सञ्जय कपूरको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । ​

इङ्गल्याण्डको गार्ड्स पोलो क्लबमा खेल्ने क्रममा अचानक सञ्जय ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई बचाउन सकेनन् । सञ्जय कपूर एक प्रसिद्ध व्यापारी थिए र पोलो खेललाई धेरै माया गर्थे ।

सन् २००३ मा करिश्मा कपुरको सञ्जय कपूरसँग विवाह भएको थियो । तर विवाहको केही वर्षपछि उनीहरूको सम्बन्धमा तिक्तता आयो । त्यसपछि २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।

करिश्मा कपूरसँग सम्बन्धविच्छेद गरेपछि सञ्जयले प्रिया सचदेवसँग विवाह गरेका थिए । करिश्मा कपूर र सञ्जयका दुई छोराछोरी छन् । दुवै छोराछोरी करिश्मासँगै मुम्बईमा बस्छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट