काठमाडौं । केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर मुख्य पात्र केदार वरिपरि घुमेको छ ।
टिजरमा उनी पुरानै डाइलग हल्का रमाइलो भन्दै फर्किएका छन् । केदार घिमिरेका भिन्न स्वरुप देखिने टिजर रमाइला संवादले भरिएको छ ।
केदारसहित विल्सन विक्रम राई, वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका टिजरमा अटाएका छन् ।
आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।
सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् ।
आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।