रिलिजको २४ घण्टा नपुग्दै दुर्गेशको गीतले बनायो धेरै हेरिएको रेकर्ड

रंग नेपाल २०८२ असार २६ मा प्रकाशित

काठमाडौं । दुर्गेश थापाको गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड कायम गरेको छ । यो गीत रिलिज भएको पहिलो दिन सबैभन्दा धेरै हेरिएको नेपाली गीत बनेको छ ।

रिलिज भएको सुरुवाती २१ घण्टामा यो गीत १७ लाख पटक हेरिएको छ । यसअघि रिलिज भएको पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको गीत विष्णु माझीको तीज गीत ‘आइन आमा’ थियो । गत वर्ष तीजको बेला रिलिज भएको विष्णु माझीको यो गीत रिलिज भएको २४ घण्टामा १५ लाख पटक हेरिएको थियो ।

दुर्गेश थापाको गीतमा स्वयं दुर्गेश थापासँगै भ्लगर सिसन बानियाँ र नाइजेरियन फुटबलर अल्हाजी जेरोको स्वर छ ।

म्युजिक भिडियोमा यी तीनसँगै गुराँस नानीको पनि अभिनय छ । गीतको शब्द, संगीत र एरेन्ज सबै दुर्गेशकै हो ।

धेरै पढिएका

पछिल्ला अपडेट