काठमाडौं । आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को दोस्रो ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ ।
गीत बूढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा स्वर सलिना विकेको रहेको छ ।
गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ । पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा आफ्नै पीडा र मनोदशासँग जुधिरहेजस्तो देख्न सकिन्छ ।
यसअघि ‘जाम त भने कुन बाटो जाम त ?’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ । फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ ।
फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ । फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।
वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् । सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन् ।