काठमाडौं । गायक आशिष अविरल र सन्ध्या परियारको स्वर रहेको ‘कति माया लाउँछ मेरो भन भन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो सन्ध्या परियार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
माया र प्रेमभाव समेटिएको गीत ‘कति माया’मा गीतकार रमेश परियारको शब्द रहेको छ भने आशिष अविरलको संगीत छ ।
विशाल घिमिरेले निर्देशन गरेको म्युजिक भिडियोमा सन्ध्या परियार, लोमश शर्मा, विक्रम बुढाथोकी लगायत कलाकारहरुको अभिनय रहको छ ।