काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी मोडल गृष्मा पौडेलले ‘ग्लोबल स्टार अवार्ड २०२५’मा उत्कृष्ट मोडलको उपाधि जितेकी छन् ।
गृष्माले ‘दिलको लुटेरा’ गीतबाट उत्कृष्ट मोडलको उपाधि हात पारेकी हुन् । टिकटकबाट भाइरल हुँदै नेपाली म्युजिक भिडियो क्षेत्रमा पहिचान बनाएकी गृष्माले आफ्नो मोडलिङ करियरको यो ठूलो सफलता भएको र यसलाई जीवनको बिर्सनै नसकिने क्षण भनेर वर्णन गरेकी छन् ।
नवलपरासीको बर्ताघाटमा जन्मिएर पाल्पालाई आफ्नो कर्मथलो बनाएकी गृष्माले ‘उताउलो जवानी’ बोलको गीतबाट म्युजिक भिडियोमा पाइला टेकेकी थिइन् । उनले ‘लुटेरा’, ‘फिदा भए म’, ‘मै अभागी रहेछु’, ‘अलविदा’ लगायतका गीतहरूमा अभिनय गरिसकेकी छन् ।