यस्तो छ चलचित्र ‘बलिदान’को टिजर

रंग नेपाल २०८२ भदौ २ मा प्रकाशित

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । एक मिनेट ५० सेकेण्डको टिजरमा अन्यायविरुद्ध आवाज देखाइएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्ट एक्सन अवतारमा उत्रिएका छन् ।

सन्तोष सेनद्वारा निर्देशित र दर्शन जी द्वारा लिखित ‘बलिदान’मा समीर भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राया, कामेश्वर चौरासिया, प्रजल दुलाल, जीवन बराल र रितेश जंग पौडेल लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ ।

चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा रहेका छन्। यसको क्रिएटिभ डिरेक्सन सन्देश भुर्तेलले गरेका छन् र संगीतको पाटो सुजन चापागाईंले सम्हालेका छन्।

यो चलचित्र २०८२ साल असोज १३ गते फुलपातीको दिनमा रिलिज हुनेछ ।

टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रको उत्सुकता बढेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट