काठमाडौं । उपमा सञ्चार प्रालि र तेज नेपाल मल्टिमिडिया प्रालिको संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा ‘तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रुपमा सम्पन्न भएको छ ।
उपमा सञ्चार प्रालिकी आशा गौतमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी तथा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’ रहेका थिए ।
कार्यक्रममा चलचित्र, संगीत, कला, साहित्य, शिक्षा, खेल राजनीति, व्यवसाय र सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा योगदान पुर्याउने नारी व्यक्तित्वलाई ‘तीज विशेष नारी सम्मान–२०८२’ अर्पण गरिएको थियो।
तीज पर्वलाई नारी सशक्तिकरण र संस्कृतिको संरक्षणसँग जोड्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको भन्दै आयोजक संस्था तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमनकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोइरालाले गरेका थिए ।
कार्यक्रममा गायिका अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, विशिष्ट अभिनेत्री लक्ष्मी गिरि, विशिष्ट अभिनेत्री रमा थपलियालाई तीज विशेष नारी दीर्घ सम्मानबाट सम्मानित गरिएको थियो ।
त्यस्तै, गायिकाहरुमा पवित्रा रसाइली, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, माया निरासी, पुष्पा पौडेल, सरिता भारती, अभिनेत्रीमा हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोल पत्रकारमा मिना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गिता अधिकारी, सिर्जना खतिवडा, अभियान्ता जलु गुरुङ, पूर्व प्रहरी निरीक्षक, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालकी पहिलो महिला अध्यक्ष तथा कलाकार भुमिका सुब्बा, पूर्वप्रहरी सही तथा नृत्याङ्गना कल्पना गुरुङ, राष्ट्रिय खेलाडी नेपालको पहिलो महिला रेस्लर भगवती खड्का, रेस्लर मुना श्रेष्ठ, व्यसायीबाट मञ्जु तिमिल्सिना लगायतलाई तीज विशेष नारी सम्मानबाट सम्मानित गरिएको थियो ।
त्यस्तै, चलचित्र सेन्सर बोर्डका नवनियुक्त सदस्य सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुवेर गिरी, चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य वीरेन्द्रप्रसाद भट्ट, सन्तोष लोहनी, गणेशप्रसाद सुवेदीलाई बधाई पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मान पश्चात् विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानितको तर्फबाट यस किसिमको सम्मानले सधै प्रोत्साहित गर्ने भन्दै खुशी व्यक्त गर्दै सम्पूर्ण सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गरेकी थिइन् भने अग्रज गायिका ज्ञानु राणाले ‘सिरिमा सिरि नि कान्छी’ बोलको गीत सुनाएकी थिइन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि मन्त्री अधिकारीले यस्तो गौरवान्वित कार्यक्रम आफूले विभिन्न क्षेत्रका हस्तीहरुलाई सम्मान गर्न पाउँदा गौरव हर्ष लागेको बताए ।
त्यस्तै, विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मनरुपा शर्माले नारीको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरव महसुस गरेको र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम निरन्तर गर्न आयोजक संस्थालाई हौसला प्रदान गरेकी थिइन् ।
कार्यक्रममा चलचित्र विकास बोर्ड, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, एसिया प्यासिफिल कलेज, गणेशमान सिंह बहुमुखी क्याम्पस, एनएस अटोमोबाइल्स, ग्राभिटी होम ट्युसन सोल्युसन, एडिफाई एजुकेसन कन्सल्टेन्सी, मार्गदर्शन स्ट्डी अब्रोड, सुटमाला, मदरल्याण्ड सेक्युरिटी सर्भिस लगायत विभिन्न संघसंस्थाका पधाधिकारीहरुको विशेष उपस्तिथि तथा सहयोग रहेको थियो ।