‘पीआर’को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक

रंग नेपाल २०८२ मंसिर २५ मा प्रकाशित

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को टाइटल गीत ‘पीआरको चक्करले’ सार्वजनिक भएको छ । यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टाइटल गीत रिलिज गरिएको हो ।

गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ ।

सार्वजनिक गीतमा मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर र शोभित बस्नेतको कोरियोग्राफी रहेको छ । गीत सलोमा युट्युब च्यानलमा हेर्न सकिन्छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् ।

त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन् ।

प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् । फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । निर्माण पक्षका अनुसार चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ ।

फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ । छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् । वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ ।

गीत सार्वजनिकसँगै निर्देशक बस्नेतले फिल्मले दर्शकलाई रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण दिन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट