
काठमाडौं । अभिनेता राजेश हमाल नेवारी पोसाकमा पाटन क्षेत्रमा देखिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू राख्दै हमालले ‘एट पाटन… संस्कृतिको संरक्षण गरौँ’ भन्ने सन्देशसमेत लेखेका छन् ।
सार्वजनिक तस्वीरहरूमा हमाल नेवारी परम्परागत पोसाकमा सजिएका देखिन्छन् । तस्वीर हेर्दा हमाल कुनै म्युजिक भिडियो वा चलचित्रको छायांकनमा संलग्न रहेको अनुमान गर्न सकिन्छ । यद्यपि, यसबारे हमालले थप केही खुलाएका छैनन् ।
हेरौँ तस्वीरहरु–

तस्वीरहरुः अभिनेता राजेश हमालको फेसबुकबाट