कृषाको फिल्म ‘पारस’मा जसिता गुरुङको इन्ट्री

रंग नेपाल २०८२ माघ १३ मा प्रकाशित

काठमाडौं । निर्देशक कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् ।

उनलाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो । यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो ।

जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ । तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन । किन फिल्मका कलाकारहरुलाई उनले लुकाइरहेकी छन् ? यस फिल्मका अन्य कलाकारहरु को–को हुनेछन् भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन । तर यस फिल्ममा निखिल उप्रेती अनुबन्ध भएसँगै दर्शकमाझ कौतुहलता पैदा भइरहेको छ ।

एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा निखिल र जसितालाई दर्शकले मन पराउने छन् । यस बाहेक अन्य कलाकार को–को हुनेछन् ? त्यो भने निर्माण पक्षले विस्तारै जानकारी दिने नै छ होला ? तर निखिल र जसिताको जोडीले दर्शकमाझ फरक टेष्ट भने पक्कै दिनेछ ।

दुवै पक्षबीच फिल्मका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईँले बताइन् । उनले भनिन्, ‘फिल्मको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ ।’

केपी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन् । यस फिल्मलाई चर्चित छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन् । यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकीय यो फिल्म तेस्रो हुनेछ ।

फिल्मको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट