रोहित शेट्टीको घर बाहिर अन्धाधुन्ध गोलीबारी

रंग नेपाल २०८२ माघ १९ मा प्रकाशित

काठमाडौं । बलिउड फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईको जुहूस्थित घर बाहिर अन्धाधुन्ध गोलीबारी भएको छ । घटनाको खबर पाएपछि प्रहरी र फोरेन्सिक टोली उनको घरमा पुगेको थियो ।

मुम्बई प्रहरीका अनुसार घटना शनिबार रातिको हो । अज्ञात समूहले चार राउन्ड गोली चलाएका थिए । अहिले शेट्टीको घर वरिपरि सुरक्षा बल तैनाथ गरिएको छ ।

अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट