खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’मा पल शाह

रंग नेपाल २०८२ जेठ १२ मा प्रकाशित

काठमाडौं । गायक खेम सेन्चुरी र गायिका सुनितामी परियार स्वर रहेको म्युजिक भिडियो ‘लाजको पर्दा’ सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको प्रेमील म्युजिक भिडियोमा ‘लाजको पर्दा’मा अभिनेता पल शाह, जुना विश्वकर्मा लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

बिमल कौशलको शब्द रहेको गीतमा हाकिम सुनारको संगीत रहेको छ भने बिमल छिनालले गीतको मिक्सिङ र मास्टरिङ गरेका छन् ।

विक्रम चौहानको निर्देशन गरेको म्युजिक भिडियो ‘लाजको पर्दा’ सुनितामी परियारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट