काठमाडौं । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत, कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । कर्णप्रिय प्रेमिल युगल गीत विश्व संगीत दिवसको अवसर पारेर ‘यो मन’ गीत सार्वजनिक गरिएको छ । गायक प्रताप दास र गायिका गीता पाण्डेको सुमधुर आवाजमा रहेको नयाँ गीत ‘यो मन’को म्युजिक भिडियो सार्वजजिक गरिएको हो ।
मायाप्रेम भाव प्रकट गर्ने गीतमा वरिष्ठ गीतकार प्रमोद ढुङ्गानाको शब्द रचना अनि मनोज चौलागाईको संगीत साथै संगीत संयोजन साथै प्रकाश मिश्रको मिक्सिङ रहेको छ । यस गीतको म्युजिक भिडियोमा रोजेन सुन्दास र स्मृति श्रेष्ठले स्क्रिन सेयर गरेका छन् । युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।
नितीन चन्दले यस गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोलाई अभय चौधरीले छाँयाङ्कन, सहायक निर्देशन चिरञ्जीवी पौडेलले र लक्ष्मी शाहीले सम्पादन गरेका छन् । भिडियोलाई गीता पाण्डे युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।