नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव हुँदै

रंग नेपाल २०८२ साउन ५ मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलोपटक हरर, काल्पिनक र लोककथा समावेश गर्दै हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व ‘हेलोवीन’को अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए ।

उनका अनुसार नेपालमा यी विधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवमार्फत यस्ता विधाका चलचित्रहरुलाई देशमा प्रचारप्रसार गर्न आयोजना गर्न लागिएको हो । नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ)को सहआयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाइ थियो ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठकको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट