काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउन’ गीत सार्वजनिक भएको छ ।
भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् ।
नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर विष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि ‘सारी लाउन’ आउँदा मोडेललाई कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ ।
सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।