‘पानीफोटो’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्रको ट्रेलरले तत्कालीन सरकार–माओवादीको द्वन्द्वको कथा भन्छ । १७ वर्षदेखि हराएको छोराको खोजीमा रहेको बुवा–आमाको कथा ट्रेलरले भन्छ ।

‘पानीफोटो’ साउन १३ गते रिलिज हुने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट