
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राजधानीको एक बारमा पुगेर मादक पदार्थ सेवन (मापसे) गर्दै नाँचेको तस्विरहरु भाइरल बनेको छ ।

राजधानीको लन्डन पवमा पुगेर मेयर बालेनले मादक पदार्थ सेवनपछि गरेको नाँचको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

लन्डन पवलेनै सार्वजनिक गरेको तस्वीरमा बालेनले मापसे पछि आफ्नो श्रीमतीसँग गरेको डान्सको तस्वीरहरु सामाजिक सञ्जाल (फेसबुक, टुइटर, टिकटक) मा भाइरल बनेको हो ।

मेयर बालेनको मापसेको तस्वीरहरुमा विभिन्न टिकाटिप्पणी समेत भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले मेयर बालेनले पारिवारिक, साथिभाइ जमघटमा रमाइलो गरेको उल्लेख गरेका छन् भने कतिपयले जिम्मेवारी पदमा बसेर नकरात्मक बाटोतर्फ लागेको टिप्पणी गरेका छन् ।





तस्वीरहरु लन्डन पवको फेसबुकबाट