
मकवानपुर । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चुनावी गीतमा छमछमी नाँचेका छन् ।
आज जिल्लाको बागमती गाउँपालिकामा भएको चुनावी सभामा एमालेको चुनावी गीत बजेपछि स्थानीय नेता, कार्यकर्ता नाँचेसँगै उम्मेदवार थापा पनि नाँचेका हुन् ।
थापासँगै चुनावीसभामा सहभागी भएकी उनकी पत्ती प्रलिता थापाले समेत छमछमी नाँचिन् ।
एमालेको राष्ट्रिय जनसाँस्कृतिक महासंघका गायक आशाकाजी श्रेष्ठले गाएको ‘समृद्ध देश बनाउने एमालेको लक्ष्य’ बोलको गीतमा थापा सहित उनकी पत्नी प्रलिता, प्रदेशसभा १ का उम्मेदवार कमल विष्ट लगाएत एमाले नेता कार्यकर्ताले नाँचेका थिए ।