अभिनेता अमिताभको नाम र फोटो प्रयोग गर्न नपाइने

रंग नेपाल २०७९ मंसिर १० मा प्रकाशित

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको नाम, फोटो र आवाज बिना अनुमति प्रयोग गर्न नपाइने भएको छ ।

दिल्लीको उच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै उक्त आदेश दिएको हो । अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि अदालतमा मुद्दा दायर गरेका थिए ।

भारतीय साना तथा ठूला कम्पनीहरूले अमिताभको फोटो, आवाज र नामबिना अनुमति प्रयोग गर्ने गरेका छन् ।

अदालतले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार सेवालाई पनि ति सामग्री हटाउन आदेश दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट