काठमाडौं । लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ ।
नेपालका प्रतिष्ठित ४२ जना कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने छन् ।
नेपालमा पहिलो पटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।
डीएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद रू १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद रू ७ लाख र तेस्रो हुनेले नगद रू ५ लाख प्राप्त गर्नेछन् ।
दोहोरी आइडलको छायाँकन माघदेखि सुरू गरिने र फागुनदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।