काठमाडौं । बाल गायक तथा कलाकार सचिन परियारको स्वास्थ्य अवस्था क्रमश: सुधार हुँदै गएको छ ।
शुक्रबार राति होस खुल्नाका साथै सामान्य कुराकानी गर्न थालेको बताइएको छ । पत्रकार कमल सरगमका अनुसार शरीरका अधिकांश अङ्गहरू चलेका छैनन् तर, सामान्य बोल्न सक्ने भने भएका छन् । ‘सचिन बाबुको होस आएको छ,’ शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘हल्का बोल्न सक्ने भएका छन् तर, शरीरका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुने छ । स्वास्थ्य लाभको कामना बाबु ।’
सचिनको उपचारमा संलग्न डा. सूर्य बहादुर थापालाई उद्धृत गर्दै सरगमले सचिनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । आईसीयूमा राखेर त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा सचिनको उपचार भइरहेको छ । उनको उपचारमा डा. थापासहित अरुण कुमार शर्मा र डा. धनमाया संलग्न छन् ।