पर्यटकीय सहर पोखरामा सडक महोत्सव (तस्वीरहरु)

रंग नेपाल २०७९ पुष १४ मा प्रकाशित

पोखरा । पर्यटकीय सहर पोखरामा बुधबारदेखि २४ औं पोखरा सडक महोत्सव सुरु भएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव सुरु भएको हो ।

गएका २ वर्ष कोरोना लगायतले प्रभावित बनेको पर्यटन क्षेत्र महोत्सव सुरुआतसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।

महोत्सव पूर्व हल्लनचोकदेखि विभिन्न झाँकीसहित सुरु र्‍याली लेकसाइडका विभिन्न भाग परिक्रमा गर्दै समारोहस्थित फेवाताल किनार कोमागाने पार्क पुगेको थियो ।

पाँचदिने सडक महोत्सवमा पाँच लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।

तस्वीरहरुः रासस

धेरै पढिएका

पछिल्ला अपडेट