काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ ।
साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा ८२ वर्षीय पेलेको बिहीबार दिउँसो स्थानीय समय अनुसार ३ः२७ बजे निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । तीन पटक विश्वकप विजेता पेले क्यान्सर, मिर्गौला र मुटुसँग सम्बन्धित रोगबाट पीडित थिए ।
सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए ।
पेलेको ट्वीटर खाताको पोस्टमा भनिएको छः प्रेरणा र प्रेमले आज शान्तिपूर्वक निधन भएका राजा पेलेको यात्रालाई चिन्ह लग्यो । माया, माया र माया, सधैंभरि ।
ब्राजिलियन फुटबल कन्फेडेरेसनले भनेको छ, ‘पेले सबै समयका महान खेलाडी भन्दा धेरै थिए । हाम्रो फुटबलको राजा एक विजयी ब्राजिलको सबैभन्दा ठूलो प्रतियोगी थिए, जो कठिनाइको सामना गर्दा कहिल्यै डराउँदैनन् । उहाँले आफ्नो बुबालाई विश्वकपको वाचा गर्नुभयो र उहाँले हामीलाई तीनवटा उपहार दिनुभयो । राजाले हामीलाई नयाँ ब्राजिल दिनुभयो र हामी उहाँको विरासतको लागि धेरै आभारी छौं । धन्यवाद, पेले ।’